नयाँ अर्थमन्त्रीले विगतको भन्दा राम्रो काम गर्ने अपेक्षा छ : राजेशकाजी श्रेष्ठ

नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले अर्थमन्त्री विष्णु पौडेलले विगतको भन्दा राम्रो काम गर्ने अपेक्षा रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा भएको नेपाल पर्यटन विकास व्यवसायी संघको साधरण सभामा बोल्दै श्रेष्ठले नयाँ उर्जाका साथ वर्तमान सरकार आएकाले अर्थमन्त्री पौडेलले पहिलाको भन्दा अर्थतन्त्र चलायमान बनाउने काम गर्ने अपेक्षा रहेको बताएका हुन्।

उनले पर्यटन विकासको लागि वर्तमान पर्यटन मन्त्रीले जारी गरेको पर्यटन दशकलाई पाँच वर्ष बनाउन नहुने बताए। श्रेष्ठले विगतको सरकारले गरेका कामलाई नयाँ आउने सरकारले परिर्वतन नभएर व्यवस्थित बनाउँदै जान आवश्यक रहेको पनि बताए। उनले सरकारले पर्यटन व्यवसायीहरुलाई पर्यटन प्रवद्र्धन गर्न जाँदा वा पर्यटन क्षेत्रमा लगानी गर्दा राजस्वमा छुट दिनुपर्ने बताए।

उनले पर्यटन व्यवसायीहरुले पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय देशहरुमा जान सरकारले सहयोग गरे नेपालको पर्यटन क्षेत्रको प्रचारमा लाग्न सकिने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर