कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बित

नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित भएका छन् ।

मनाङबाट निर्वाचित सांसद गुरुङविरुद्धकाे भ्रष्टाचार मुद्दा किनारा नलागेकाले उनी स्वत: निलम्बित भएकाे संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सोमबार विज्ञप्ति जारी जनाएका छन् ।

गुरुङमाथिको मुद्दा विशेष अदालतमा विचाराधीन रहेकाले मुद्दाको अन्तिम किनारा नलागेसम्म स्वतः निलम्बनमा रहने विज्ञप्तिमा उल्लेख छ । गुरुङले प्रतिनिधि सभा सदस्यको शपथ भने लिइसकेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर