दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन छ : मीन विश्वकर्मा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन हुने दावी गरेका छन् ।

कांग्रेसजस्तो लचिलो पार्टीलाई त मिलाएर जान नसक्ने प्रधानमन्त्री दाहालले ७ वटा राजनीतिक पार्टीहरुलाई मिलाएर विश्वासको मत लिन कठिन हुने उनको तर्क छ ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले ३० दिनभित्र विश्वास मत लियो भने दाहाल नेतृत्वको सरकार २ वर्षसम्म चल्ने अनुमान समेत गरे । संघीयता नै नचाहिने राष्ट्रिय स्वतन्त्र पार्टी, राजा आऊ भन्ने राप्रपालगायतका राजनीतिक दलहरु रहेको वर्तमान गठबन्धन सरकार टिक्न गाह्रो हुने पनि उहाँले बताए ।

नेता विश्वकर्माले प्रधानमन्त्री दाहाललाई गठबन्धन अड्याएर अघि बढ्न मुस्किल हुने बताए ।

कार्यक्रममा बोल्दै सत्तारुढ नेकपा (एमाले)का सांसद सूर्य थापाले संवैधानिक, कानूनी र राजनीतिक सबै हिसावले सत्तारुढ गठबन्धनको सरकार बनेको र यो सहज ढंगले अघि बढ्ने बताए । उनले पार्टीले आवश्यक ठाने आफू पनि सरकारमा जान योग्य रहेको समेत बताए ।

अर्का सत्तारुढ माओवादी केन्द्रका नेता दिनानाथ शर्माले आफूहरुले मिलेर सरकार चलाउने बताए । उनलले विगतमा फुट आए पनि अव मिलेर अघि बढने गरी जनादेश आएकाले सोही अनुसार आफूहरु अघि बढनुपर्ने अवस्था रहेको पनि बताए ।

नेता शर्माले नेपालमा राजनीतिक दलहरु फुटको चरणबाट अघि बढेको उल्लेख गर्दै अव एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *