भाेड्काकाे विश्वप्रसिद्ध ब्राण्ड ‘स्मरनफ’ नेपालमै उत्पादन र बिक्री

विश्वको नम्बर १ भोड्का ब्राण्ड ‘स्मरनफ’को नेपालमै उत्पादन र बिक्रीवितरण थालिएको छ।

विश्वप्रसिद्ध स्मरनफ भोड्का हालै नेपालको अग्रणी मदिरा उत्पादक कम्पनी नेपाल लिकर प्रालिले एक कार्यक्रममा लन्च गरेको हो। लिमिटेडको स्मरनफ नेपालको विराटनगरमा रहेको कारखानाबाट उत्पादन भइरहेको छ।

कम्पनीका कार्यकारी अध्यक्ष राजेश वीरसिंह तुलाधरका अनुसार तीन पटक शुद्धीकरण गरी दश पटक फिल्टर गर्ने भोड्का नेपालमा उत्पादन र बजारीकरण भइरहेको छ । चर्चित सञ्चारकर्मी सूरजसिंह ठकुरी स्मरनफ नेपालको ब्राण्ड एम्बेसडर हुन्।

नेपाल लिकर प्रालिले नेपाली बजारमा विभिन्न ब्राण्डका मदिराहरू बिक्री गर्दै आएको छ, जस्तैः, एन्टिक्विटी ब्लू व्हिस्की, सिग्नेचर प्रिमियर/रेयर व्हिस्की, मिस्टर डोवेल्स नम्बर १ लक्जरी व्हिस्की, ब्लू–रिब्यान्ड जिन, आदि। यस पटक संसारको नम्बर १ भोड्का स्मरनफको उत्पादन र वितरण सुरु भएको हो।

विश्वका १३० भन्दा बढी देशमा बिक्री हुने स्मरनफ भोड्का ७५०, ३७५ र १८० एमएल गरी तीन परिमाणमा उपलब्ध छ। जसको मूल्य क्रमशः २ हजार २००, १ हजार १०० र ५५० रुपैयाँ रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर