
चलचित्र ‘चि मुसी चि’को नयाँ गीत ‘कथा’ सार्वजनिक (भिडियो)


नेपाली चलचित्र ‘चि मुसी चि’को नयाँ गीत ‘कथा’ सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो ।
आफ्नो छोरा जन्मियोस् भनेर कसैको बच्चालाई बली चढाएको कथा फिल्ममा देखाइएको छ ।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री प्रियंका कार्कीले चलचित्र सोचेजस्तो हरर थ्रिलरको नभएको बताइन् । उनले दर्शकले तर्साउने किसिमको मात्रै चलचित्र छ भन्ने सोचेर जानु नहुने बताइन् । चलचित्र एक बालकको कथावस्तुमा आधारित रहेका पनि बताइन् ।
एमी स्टुडिओ प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव विष्ट, आरपी पोखरेल, अरुण चक्रवर्तीलगायत कलाकारको अभिनय छ ।
यो फिल्मलाई मार्ना जेम्स र यश सैनीले संयुक्त रूपमा निर्देशन गरेका हुन् । फिल्ममा अरुण चक्रवर्ती, रिञ्जु केसीको लगानी रहेको छ । सुशन प्रजापतीले छायांकन गरेका फिल्मलाई यश सैनीले सम्पादन गरेका छन् । चलचित्र आगामी पुस २२ गतेबाट देशभर प्रदर्शनमा आउनेछ।
हेर्नुहाेस् गीतकाे भिडियाे :
प्रतिक्रिया