![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
नेपाली हजार दरका ३४० थान नक्कली नोटसहित बारामा ३ जना पक्राउ
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![नेपाली हजार दरका ३४० थान नक्कली नोटसहित बारामा ३ जना पक्राउ](https://www.pardafas.com/wp-content/uploads/2022/06/Arrest.jpg)
बारामा नक्कली नेपाली नोटसहित ३ जना पक्राउ परेका छन् । आदर्शकोतवाल गाउँपालिका–६ हरनैया चोकबाट नेपाली १ हजार दरका नक्कली नोट ३४० थानसहित सोही गाउँपालिका–६ पटेर्वा बस्ने २१ वर्षीय रामसिनाही कुर्मीसहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र इलाका प्रहरी कार्यालय महेन्द्रआदर्शबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोट र २ वटा भारतीय नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया