सांसदद्वय यादव र राईले लिए शपथ
८ पुष २०७९ १३:४५
प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यद्वय महिन्द्रराय यादव र रामकुमार राईले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उनीहरुलाई शपथ गराए ।
शपथ समारोहमा सचिवालयका महासचिव डा. भरतराज गौतम, सचिवलगायत संसद्का कर्मचारीको उपस्थिति थियो । प्रतिनिधि सभाका दुई सय ७० सदस्यले बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा शपथ लिएका थिए । यादव र राई कारणवश शपथ लिन छुटेका थिए ।
प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक एक सय १० गरी दुई सय ७५ सांसद छन् । दुई सांसदले शपथ लिन बाँकी छ । सांसदद्वय प्रेम आले पारिवारिक शोक तथा माया राई सुत्केरी भएका कारण शपथ लिन सकेका छैनन् । उनीहरुले उपयुक्त समयमा शपथ लिनसक्ने सचिवालयले जनाएको छ ।
प्रतिक्रिया