जनअपेक्षाअनुसारको भूमिका निर्वाह गर्छु : पशुपतिशमशेर जबरा

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जनताको अपेक्षानुसारको भूमिका संसद्मा निर्वाह गर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाका सदस्यहरूलाई शपथग्रहण गराएपछि संसद् भवनबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले असल र इमानदार भई संसद्मा आफ्नो भूमिका निर्वाह गर्ने बताए । ज्येष्ठ सदस्य जबराले सदनमा निष्पक्ष रहेर आफूले संसदीय भूमिका निर्वाह गर्ने कुरामा अडिग रहेको स्पष्ट पारे ।

ज्येष्ठ सदस्य जबराले ज्येष्ठ सदस्यको हिसाबले आफूले कार्य सकेपछि सदनमा जनताका भनाइहरूलाई बुलन्द पार्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर