
शपथपछि विश्वप्रकाशले भने– ‘आजबाट राजनीतिक रूपमा अर्को जन्म लिएँ’


नेपाली कांग्रेसका महामन्त्री एवं नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले आजबाट आफ्नो राजनीतिक जन्म भएको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले पहिलोपटक सांसदको शपथ लिँदा आफूले जनताका विषयहरूलाई गम्भीरताका साथ लिएको बताए । उनले जन्मदिनकै सेरोफेरोमा राजनीतिक कार्यहरू अहिले धेरै भइरहेको भन्दै यी कार्यहरूलाई आफूले राजनीतिक जन्मको सुरुवातको रूपमा लिएको बताए ।
महामन्त्री शर्माले भने, ‘म पहिलोपटक सांसदको रूपमा शपथ लिएर आएको छु । शपथ लिँदै गर्दा अक्षरहरू पढ्दै गर्दा लेखिएका अक्षरमा म केन्द्रित थिएँ । जन्मदिनकै सेरोफेरोमा यी गतिविधिहरू भएका छन् । जन्मदिनकै सेरोफेरोमा मैले राजनीतिक रूपमा अर्को जन्म भएको महसुस गरेँ । मैले इमानदारितापूर्वक कार्य गर्नुपर्छ ।’
महामन्त्री शर्माले शपथ लिँदा गौरव गरे जति नै गम्भीरता पनि लिएको बताए ।
प्रतिक्रिया