
‘छक्का पञ्जा ४’ को प्रदर्शन मिति तय


चलचित्र ‘छक्का पञ्जा ४’ आगामी फागनुमा रिलिज हुने भएको छ । चलचित्रका निर्माता एवं अभिनेता दीपकराज गिरीले चलचित्रको ‘फस्ट लुक’ र पोस्टर सार्वजनिक गर्दै फागुन १९ मा चलचित्र प्रदर्शन हुने जानकारी दिएका हुन् ।
चलचित्रले समसामयिक विषयवस्तु नै उठान गरेको उनले बताए । ‘चलचित्र छायांकनको बाँकी काम पूरा गर्दैर्छौं,’ उनले भने ।
हेमराज बीसीको निर्देशन रहेको चलचित्रमा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय हुनेछ ।
चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन् ।
‘वितरकसँगको सल्लाहमा प्रदर्शन मिति तय गरेका हौँ । यसअघि ‘सिरिज’ जस्तै गरी दर्शकको माया पाउनेमा विश्वस्त छौं,’ कार्यकारी निर्माता शर्माले भने ।
प्रतिक्रिया