सिद्धार्थ बैंक ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक लिमिटेड साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सद्वारा प्रदान गरिएको ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित भएको छ । साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सले दक्षिण एसियाली देशहरुबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरुलाई मूल्याङकन गरी निजी बैंकिङ्ग क्षेत्रको विधामा उक्त अवार्ड बैंकलाई प्रदान गरेको हो ।

उक्त अवार्ड काठमाडौंको याक एण्ड एति होटलमा आयोजित ‘उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२१’ कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले ग्रहण गरेका थिए । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट ‘उत्कृष्ट वार्षिक प्रतिवेदन २०२१’ अवार्ड प्राप्त गरेपश्चात् बैंक उक्त अवार्डको प्रतिस्पर्धामा पर्न सफल भएको थियो । यस अवार्डले बैंकलाई आगामी दिनहरुमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको बै‌कले जनाएकाे छ ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), २१५ ए.टि.एम्, ११८ शाखारहित बैंकिङ्ग सेवा र १,८०० भन्दा बढी पिओएस् मेसिन मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिंदै सुरक्षित तरिकाले अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न बैंकिङ्ग सुविधाहरु सरल एवं ग्राहक मैत्रीढङ्गले प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर