
देउवा र प्रचण्डले अस्पताल पुगेर भेटे माधव नेपाल


प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
अध्यक्ष नेपाल निमोनिया देखिएपछि मङ्गलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् । देउवा र प्रचण्डले बुधबार अस्पताल पुगी अध्यक्ष नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिई स्वास्थ्यलाभको कामना गरेका हुन् ।
नेता नेपालको अस्पतालका उपनिर्देशक डा. सन्तकुमार दासको नेतृत्वमा रहेको चिकित्सकको टोलीले उपचार गरिरहेको छ ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया