
झापामा हात्तीको आक्रमणबाट १० वर्षमा ५६ जनाको मृत्यु


झापामा १० वर्षको अवधिमा हात्तीको आक्रमणमा परी ५६ जनाको मृत्यु भएको छ । सोही अवधिमा १६ वटा हात्ती समेत मरेका छन् ।
जिल्लाका विभिन्न सामुदायिक वनमा रहेका १३ वटा रैथाने र भारतबाट आउने जङ्गली हात्तीको आक्रमणबाट उनीहरुको मत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
जङ्गलमा निगुरो टिप्ने, घाँस, दाउरा गर्ने र कतिपयको रातको समयमा हात्तीले घरमै आक्रमणबाट गर्दा ज्यान गएको डिभिजन वन कार्यालयका प्रमुख जीवनप्रसाद पाठकले जानकारी दिए । उनका अनुसार मङ्गलबार मात्र बाख्रालाई घाँस काट्न जङ्गल गएका बाह्रदशी गाउँपालिका–१ का ३७ वर्षीय जगतबहादुर भुजेलको हात्ती आक्रमणमा परी मृत्यु भएको छ ।
उनी छिमेकी गाउँपालिका कचनकवल–१ मा रहेको पश्चिम देउराली सामुदायिक वनमा बाख्रालाई घाँस काट्न गएका थिए । घाँस लिएर घर फर्कने क्रममा भुजेललाई मङ्गलबार अपरान्ह ३ बजे हात्तीले कुल्चेर मारेको डिभिजन वन कार्यालयका प्रमुख पाठकको भनाइ छ । सोही वडाका ८० वर्षीय देवीबहादुर अधिकारीको गत भदौ १५ गते हात्तीले नै कुल्चेर मृत्यु भएको थियो ।
- एमालेले भन्यो- सम्बन्धित पक्षसँग छलफल गरी पाथीभरा केबलकार निर्माण अघि बढाउनुपर्छ
- एनआरएनको अधिवेशन गराउन परराष्ट्र मन्त्रालयले तोक्यो कर्मचारी
- एमालले जन वर्गीय संगठनको केन्द्रिय पदाधिकारीको संख्या ९ मा सिमित गर्ने
- सय रुपैयाँको रिचार्ज किन्दा ५० पैसा बीमा कोषमा जाने व्यवस्था गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल
प्रतिक्रिया