यस्तो छ कांग्रेस संसदीय दलको निर्वाचन कार्यतालिका

नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन पुस ६ गते बुधबार हुने भएको छ। संसदीय दलको नेता चयनका लागि हुने निर्वाचनको कार्यतालिकासमेत पार्टीले सार्वजनिक गरेको छ। कार्यतालिकाअनुसार संसदीय दलको निर्वाचन बुधबार बिहान ८ बजे हुनेछ।

दलको निर्वाचनसम्बन्धी कार्यक्रमका संयोजक भीष्मराज आङ्देम्बेले जारी गरेको निर्वाचनसम्बन्धी कार्यक्रमबारेको सूचनाअनुसार पुस ४ (आज) दिउँसो २ बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ।

आजै साढे २ बजेदेखि ३ बजेसम्म दाबी विरोधको लागि समय छुट्याइएको छ। यस्तै आजै दिउँसो ४ बजे दाबी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तय भएको छ।

पुस ५ गते (मंगलबार) बिहान ८ बजेदेखि १० बजेसम्मका लागि उम्मेदवारका लागि दसखास्तको समय तय भएको छ। पुस ५ गते बिहान साढे १० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ। सोही दिन ११ बजेदेखि साढे ११ बजेसम्म उम्मेदवारको दरखास्तउपर दाबी विरोधको समय राखिएको छ।

पुस ५ गते नै दाबी विरोधउपर जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने कार्यसूचीमा उल्लेख छ। त्यस्तै दिउँसो साढे १२ बजेदेखि साढे २ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन पुस ५ गते दिउँसो ३ बजे हुने कार्यसूचीमा उल्लेख गरिएको छ। पुस ६ गते बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुने जनाइएको छ। मतदान कांग्रेस संसदीय दलको कांर्यालय परिसर सिंहदरबारमा हुनेछ ।

निर्वाचन कार्यक्रम प्रकाशित स्थान, मिति र समयभिभत्र मतदान क्षेत्रमा प्रवेश गरी लाम लाग्ने मतदातालाई मतदान गर्न दिइने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *