सुनचाँदीको मूल्य स्थिर
४ पुष २०७९ ११:४३
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य अघिल्लो दिनका तुलनामा स्थिर रही प्रतितोला एक लाख पाँच सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्यसमेत अघिल्लो दिनका तुलनामा यथावत् रही प्रतितोला एक लाख रुपैयाँ तोकिएको छ । त्यस्तै चाँदी अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ८० रुपैयाँ मूल्य कायम रहेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार सात सय ९१ दशमलव ३५ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।
- बेरुजु फर्छ्यौट समिति गठन गर्ने सरकारको निर्णय, वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने
- संविधानलाई पश्चगामी ढंगले संशोधन गरे अर्को जनआन्दोलन हुन्छ : झलनाथ खनाल
- ग्लोबल बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट
- माछापुच्छ्रे बैंकले २४औं वार्षिकोत्सवमा ल्यायो चाडपर्व लक्षित अफरै अफर
प्रतिक्रिया