
राजेश हमाल र मिथिला शर्मा अभिनित ‘सावित्री’को म्युजिक भिडियो सार्वजनिक (भिडियाे)


म्युजिक भिडियो ‘सावित्री’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो ।
रचना रिमालको स्वरमा रहेको गीतमा मिलन मोक्तानको संगीत रहेको छ ।
म्युजिक भिडियोमा महानायक राजेश हमाल, अभिनेत्री मिथिला शर्मा, एलिशा शंकर लगायतका कलाकारको अभिनय रहेको छ ।
गीतमा एक मानव तस्करीमा परेकी महिलाको कथावस्तुलाई समेटिएको छ ।
कार्यक्रममा बोल्दै महानायक राजेश हमालले मानव तस्करीमा परेका मानिसलाई समाजमा आइसकेपछि समाजले स्वीकार गर्न सक्नुपर्ने बताए । उनले ह्युमन ट्राफिकमा पर्ने मानिसको मानसिकता परिवर्तित हुनसक्ने भएकाले समाजले उसलाई स्वीकार गरेर भविष्यको बारेमा बुझाउन सक्नुपर्ने बताए । उनले कुनै पनि कारणले समस्यामा परेको मानिसलाई समाजमा जीवन बिताउनका लागि पुनः समाजले हौसला दिनुपर्ने बताए ।
कार्यक्रममा अग्रज अभिनेत्री मिथिला शर्माले मानव तस्करीको कथावस्तु समाजले थाहा पाएर पनि नबुझेजस्तो गर्ने भएकाले गीतको माध्यमबाट यस्ता विषयको उठान गर्नु राम्रो भएको बताइन् ।
अभिनेत्री शर्माले यस्ता विषयहरुको परिवर्तन बिस्तारै हुने भएको भन्दै राम्रो सोच व्यवहारमा ल्याउन जरुरी रहेको बताइन् ।
हेर्नुहाेस् भिडियाे :
प्रतिक्रिया