श्रमिकहरूले विदेशमा भोग्नुपरेका समस्यालाई सरकारले गम्भीर रूपमा लिएको छ : श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाली श्रमिकहरुले विदेशमा गएर भोग्नुपरेका समस्यालाई सरकारले गम्भीरर रुपमा लिएको बताएका छन् ।

आइतबार अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आयोजित नेपाल आप्रवासन प्रतिवेदन २०२२ सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले सरकारले नेपाली श्रमिकहरुले विदेशमा गएर भोग्नुपरेका समस्या समाधान वषयमा गम्भीर भएर काम गरिरहेको बताएका हुन् ।

उनले सरकारले श्रमिक पठाउने मात्रै नभएर विदेशमा गएका श्रमिकले भोग्नुपरेका समस्याको विषयमा पनि गम्भीर हुन आवश्यक रहेको बताए । उनले सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले पाएको दुःखलाई कम गर्न भए पनि सरकारले श्रमिकका हक र अधिकारलाई स्थापित गर्ने गरी नीतिहरु तय गर्न आवश्यक रहेकाले सरकारले काम गरिरहेको बताए ।

मन्त्री कुँवरले सरकारले वैदेशिक श्रमिकको हकमा मर्यादित र व्यवस्थित कसरी गर्ने भन्ने कुरालाई विशेष ध्यान दिन जरुरी रहेको बताए । उनले वैदेशिक रोजगारीमा गएकाहरुले दुःख गरी कमाएर पठाएको रेमिट्यान्स अर्थतन्त्रको मेरुदण्डको रुपमा स्थापित गर्ने काम मात्रै भएको भन्दै श्रमिकले पठाएको रेमिट्यान्स मात्रै नभएर श्रमिकहरुले भोग्नुपरेका समस्या विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए ।

उनले नेपाली श्रमिकहरुलाई विदेशमा पठाउँदा श्रमिकको मर्यादा र व्यवस्थापनलाई विशेष ध्यान दिन जरुरी रहेको बताए । उनले सरकारले विदेशमा रोजगारीका लागि गएका अलपत्र गरेका नेपाली श्रमिकहरुलाई सहज बनाउने र श्रमिकको हक अधिकार प्राप्तिको लागि राज्यले अभिभावकीय रुपमा काम गरिरहेको बताए ।

त्यस्तै श्रमसचिव एकनारायण अर्यालले २०६५ सालदेखि अहिलेसम्म १३ हजार आप्रवासी नेपाली श्रमिकहरुले काम गर्न जाने देशहरुमा ज्यान गुमाइरहेको बताए । उनले विदेशमा काम गर्ने क्रममा अङ्गभङ्ग भएर करिव १३ हजारभन्दा बढी नेपाली श्रमिक फर्कनुपर्ने अवस्था रहेको बताए । उनले मन्त्रालयले वैदेशिक रोजगार नीतिको विषयमा सकारात्मक र नकारात्मक विषयलाई छलफल गरेर ऐन सशोधन गर्ने तयारी रहेको बताउए । उनले वैदेशिक रोजगारीमा सीप नभएका व्यक्तिहरु जाँदा धेरै समस्या भोगिरहेको बताए ।

उनले श्रम रोजागार मन्त्रालय खाडी मुलुकहरुमा महिलाहरुलाई विदेशमा काम गर्न पठाउने विषयमा सकारात्मक रहेको बताए । उनले खाडी मुलुकहरुमा महिला कामदार पठाउँदा धेरै दुःखहरु भोग्नुपरेको बताए ।

उनले वैदेशिक रोजगारीमा जाने देशको श्रमसम्बन्धी कानूनका कारण धेरै अवरोधहरु आएको तथा महिला श्रमिकहरुलाई मोबाइल प्रयोगमा निषेध, पासपोर्ट नदिने, दूतावाससँग सम्पर्क राख्न दिने जस्ता समस्याको कारण रोकेको बताए । उनले अहिले वैदेशिक रोजगारीमा महिलाहरु जाँदा सुरक्षित हुनेगरी मात्रै पठाएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर