
राजेशपायलले भने, ‘विश्वप्रकाशमा बीपीको जस्तो गुण छ’


गायक राजेशपायल राईले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई विश्वेश्वरप्रसाद कोइरालासँग तुलना गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले महामन्त्री शर्मामा विश्वेश्वरप्रसाद कोइरालाका अधिकांश गुणहरू भएको बताएका हुन् ।
उनले कसैले उदाहरण दिँदा विश्वेश्वरप्रसाद कोइरालाजस्तो होस् भन्ने गरेको भन्दै विश्वेश्वरप्रसाद कोइरालाको गुण आफूले विश्वप्रकाश शर्मामा पाएको बताए । उनले अन्य नेताहरूले चुनावमा जितेपछि मेरो जित भयो भन्ने गरे पनि शर्माले आफ्नो जित जिल्लावासीको भएको भन्दै आफूलाई बीपीको रूपमा सिद्ध गरेको बताए । उनले कोही पनि मानिसले भ्रम पालेर बस्नु नहुने बताए ।
उनले भने,‘नेपाली कांग्रेसमा हामीले जसरी कहिलेकाहीँ बीपीजस्तो भन्छौं, मलाई लाग्छ त्यो नेतामा हुनुपर्ने गुण विश्वप्रकाशमा छ । जिल्लावासीले जिताइसकेपछि पनि मेरो होइन तपाईंहरूको जित हो भन्ने व्यक्ति कहाँ पाइन्छ ? नत्र जितेपछि मैले जितेँ भनेर घमण्ड देखाउँछन् । हामीले भ्रम पालेर बस्नु हुँदैन । हामीले आफूलाई राम्रो प्रमाणित गर्न सक्नुपर्छ ।’
गायक राईले सबै मानिसले आफूमा भएको भ्रमलाई त्यागेर आफूलाई समाज र राष्ट्रको लागि राम्रो बनेर प्रमाणित गर्न सक्नुपर्ने बताए ।
प्रतिक्रिया