व्यवसायीका बैंकिङ र वित्तीय समस्या पहिलो प्राथमिकतामा : अध्यक्ष पराजुली

साना तथा मझौला व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्वमा पर्यटन व्यवसायी हरिभक्त पराजुली चयन भएका छन् ।

विराटनगरमा शुक्रबार राति भएको महासंघको १९औं वार्षिक साधारण सभा एवं पाचौं राष्ट्रिय महाधिवेशनले पराजुलीलाई निर्विरोध निर्वाचित गरेको हो ।

निर्वाचित भएपछि अध्यक्ष पराजुलीले संस्थाप्रति आफू सदैव लागिपर्ने बताए । उनले संस्थालाई अझै माथि लैजान आफूले सकेको साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए ।

अध्यक्ष पराजुलीले व्यवसायीहरूका बैंकिङ र वित्तीय समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।

महासंघको सहअध्यक्षमा इनु पौडेल, वरिष्ठ उपाध्यक्षमा रामकेशर विष्टलगायतका २७ जना पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *