कर्णाली नदीमा डोजर खस्दा बेपत्ता दुई जनाको शव फेला, एक जनाको अवस्था अझै अज्ञात
कर्णाली करिडोरस्थित रेगिल सडकखण्डमा स्काभेटर डोजर पल्टिँदा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ। मंसिर २४ गते फुकोट कर्णाली हाइड्रोपावरको सुरुङ मार्गमा काम गर्दै गरेको डोजर कर्णाली नदीमा खस्दा दुई जनको घटनास्थलमै मृत्यु, तीन गम्भीर घाइते र तीन बेपत्ता भएका थिए। बेपत्ता भएकामध्ये दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको हो।
सान्नी त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय उमेश गिरीको शव मंसिर २६ गते र कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका ४ बस्ने २३ वर्षीय डोजर चालक मंगल चुडारीको शव मंसिर २७ गते फेला परेकोे हो। सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालीकोट र नम्बर ४२ रिजर्भ गण बाँकेबाट गएको गोताखोरले गिरी र चुडारीको शव फेला पारेकोे हो। उनीहरूसँगै दुर्घटनामा परी हराइरहेका सोही गाँउपालिकाका १९ वर्षीय रक्तिम सार्कीकोे खोजीकार्य जारी छ।
डोजर दुर्घटनामा सान्नी त्रिवेणी–१ का अन्दाजी १७ वर्षीय चरित्र विक र सोही स्थानका अन्दाजी १४ वर्षीय युवराज बुढाको मृत्यु भएको हो।
प्रतिक्रिया