चीन-भारत सीमा क्षेत्रमा किन भइरहन्छ तनाव ?
अरुणाचल प्रदेशको तवाङ सेक्टरमा गत ९ डिसेम्बरमा भारत र चीनका सैनिकबीच झडप भएपछि दुई देशबीच फेरि तनाव बढेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले मंगलबार संसदमा सम्बोधन गर्दै झडपबाट केही भारतीय सैनिक घाइते भएको तर कसैको पनि मृत्यु नभएको बताएका छन् ।
यता, चीनले भने हताहतीबारे कुनै टिप्पणी गरेको छैन । भारतले बोलेपछि चीनले सो क्षेत्रको अवस्था अहिले सामान्य र स्थिर रहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भारतसँग कूटनीतिक र सैन्य स्तरमा वर्ता भइरहेको जनाएका छन् ।
चिनियाँ सेनाले तवाङ सेक्टरको यांग्त्से क्षेत्रमा सीमा रेखा एलएसीमा अतिक्रमण गरेर परिवर्तन गर्न खोज्दा झडप भएको भारतीय रक्षामन्त्री सिंहको दाबी छ । ‘भारतीय सेनाको प्रतिरोधका कारण चिनियाँ सैनिक पछि हट्न बाध्य भएका थिए,’ उनले संसदमा भनेका छन् ।
भारत र चीनबीच झण्डै ३ हजार ४० किलोमिटर लामो सिमानाको वास्तविक नियन्त्रण रेखा वा एलएसी भनिने विवादित क्षेत्र छ । चीनले अरुणाचल प्रदेशलाई आफ्नो दक्षिण तिब्बत रहेको दाबी गर्दै आएको छ, भने भारतले हरेक पटक त्यसको खण्डन ।
गत वर्षको डिसेम्बरमा चीनले अरुणाचल प्रदेशका १५ स्थानका लागि चिनियाँ, तिब्बती र रोमन भाषामा नयाँ नामहरूको सूची जारी गरेको थियो । चीनको नागरिक मामिला मन्त्रालयले चाइनिज, तिब्बती र रोमन भाषामा झाङ्गनान (अरुणाचल प्रदेशको चिनियाँ नाम) मा १५ स्थानको नाम जारी गरेको घोषणा गरेको थियो ।
भारतको विदेश मन्त्रालयले अरुणाचल प्रदेशका केही ठाउँको नाम परिवर्तन गर्ने चीनको कदमप्रति कडा आपत्ति जनाएको थियो र अरुणाचल प्रदेश सधैं भारतको अभिन्न अंग रहेको र जारी रहने बताएको थियो ।
चिनियाँ सरकारले १५ स्थानको नाम परिवर्तन गरी निश्चित अक्षांश र देशान्तर दिएको थियो । जसमध्ये ८ वटा बसोबास गर्ने ठाउँ, ४ पहाड, २ खोला र एउटा हिमाली नाका छन् । ग्लोबल टाइम्सले आफ्नो रिपोर्टमा बेइजिङस्थित चाइना–तिब्बत रिसर्च सेन्टरका विज्ञ लिएन सियाङमिन उद्धृत गर्दै लेखेको छ, यी स्थानहरूको नाम र यी नामहरू सयौं वर्षदेखि रहेको राष्ट्रिय सर्वेक्षणपछि यो घोषणा गरिएको हो ।
सन् १९१२ सम्म तिब्बत र भारतबीच कुनै स्पष्ट सीमा रेखा कोरिएको थिएन । यी क्षेत्रहरूमा न मुगल र अंग्रेजहरूको नियन्त्रण थियो । भारत र तिब्बतका जनता पनि स्पष्ट सीमा रेखाको बारेमा निश्चित थिएनन् । अंग्रेज शासकले पनि त्यसको वास्ता गरेनन् । तवाङमा बौद्ध मन्दिर भेटिएपछि सीमा रेखाको मूल्यांकन सुरु भयो ।
सन् १९१४ मा तिब्बत, चीन र ब्रिटिश भारतका प्रतिनिधिहरूको सिमलामा बैठक भयो र सीमा रेखाको निर्णय भयो । चीनले तिब्बतलाई कहिल्यै पनि स्वतन्त्र राष्ट्र मानेको छैन । सन् १९१४ को सिमला सम्झौतामा पनि चीन सहमत छैन ।
विवादित क्षेत्रमा दुवै देशको दाबी छ । विवादित क्षेत्रको अवस्था यस्तो छ कि नदी, ताल र हिउँले घेरिएका हिमालका कारण वास्तविक नियन्त्रण रेखा (एलएसी) लाई लिएर कहिलेकाहीँ दुई देशका सैनिक आमनेसामने हुने गरेका छन् । दुवै देशले सीमा क्षेत्रमा पूर्वाधार पनि निर्माण गरिरहेका छन् ।
भारतले उच्च उचाइमा रहेको एयर बेससम्म सडक निर्माण गरिरहेको छ, जसमा चीनले पटकपटक आपत्ति जनाएको छ । जुन २०२० मा गलवानमा भारत र चीनबीचको द्वन्द्वमा भारतका २० सैनिकको मृत्यु भएको थियो । धेरै महिना पछि, चीनले यस द्वन्द्वमा आफ्ना चार सैनिकको मृत्यु भएको स्वीकार गर्याे ।
सन् १९७५ देखि दुई देशका सैनिकबीच यस्तो द्वन्द्व भएको थियो, जसमा धेरै सैनिक मारिएका थिए । यस संघर्षमा लाठी र अन्य हतियारको प्रयोग भए पनि बन्दुकको प्रयोग भएन । सन् १९९६ मा दुई देशबीच सीमामा बन्दुक वा विस्फोटक पदार्थको प्रयोग नगर्ने सहमति भएको थियो ।
गलवानपछि र यसअघि पनि दुई देशबीच धेरै सैन्य तहको वार्ता भयो र अहिले पनि भइरहेको छ, तर तनाव भने कायमै छ । सन् १९६२ मा दुई देशबीच युद्ध भइसकेको छ, जसमा भारत पराजित भएको थियो । तर पछिल्ला वर्षहरूमा दुई देशबीचको सीमामा बढ्दो तनावले ठूलो द्वन्द्वमा परिणत नहोस् भन्ने चिन्ता बढेको छ । दुवै देश आणविक शक्ति सम्पन्न भएकाले विज्ञहरू पनि यसप्रति चिन्तित छन् ।
यसको आर्थिक पक्ष पनि छ किनभने चीन भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । चीन र भारतबीचको तनावको असर चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको सम्बन्धमा पनि परेको थियो । एजेन्सीको सहयोगमा
प्रतिक्रिया