
सुखविंदर सिंह सुक्खू बने हिमाचलका नयाँ मुख्यमन्त्री

भारतको हिमाचल प्रदेशको मुख्यमन्त्रीमा सुखविंदर सिंह सुक्खू चयन भएका छन् । उनले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनी हिमाचल प्रदेशको १५ औं मुख्यमन्त्री बनेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कांग्रेस आईका नेता सुक्खूलाई आइतबार हिमाचलका राज्यपाल राजेंद्र विश्वनाथ आर्लेकरले शिमलाको रिज मैदानमा शपथ गराएका हुन् ।
हालै सम्पन्न चुनावमा हिमाचलमा कांग्रेसले ६७ सिटमध्ये ४० सिटमा जित हात पार्दै भाजपालाई विस्थापित गरेको थियो । मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रममा कांग्रेस आईका नेताहरू राहुल गान्धी र प्रियंका गान्धी पनि सहभागी भएको जनाइएको छ ।
- परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग
- पश्चिमा देशहरूले फरक-फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलियो : विश्व नेताहरू
- सुन तस्करीमा पाँच वर्ष जेल बसेका लामा २५ करोडसहित फेरी समातिए
- मोरङमा आगलागी परी दुई बालबालिकाको मृत्यु, ८ घर नष्ट
प्रतिक्रिया