मन्त्रिपरिषद् बैठक : विवादित सहसचिव रामआधार साह सचिवमा बढुवा

सरकारले सहसचिव रामआधार साहलाई सचिवमा बढुवा गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बढुवा सूचीको पहिलो नम्बरमा रहेका साहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोकसेवा आयोगको गत मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिवत्रय साह, विश्वबाबु पुडासैनी र अर्जुनजङ्ग थापाको नाम सिफारिस गरेको थियो ।

यसअघि पनि साह पहिलो नम्बरमा सिफारिस भएका थिए । तर, तेस्रो नम्बरका केशवकुमार शर्माले बाजी मारेका थिए ।

र, याे पनि-

विवादित सहसचिवहरु साह र पुडासैनीलाई पन्छाउँदै शर्मा सचिव नियुक्त

शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंह मङ्सिर पहिलो साता अनिवार्य भएसँगै रिक्त एक प्राविधिक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरिएको थियो ।

बढुवा भएका सचिव  साह  यसअघि सरकारी निकायमा रहँदा विवादमा परेका थिए ।

पेट्रोल पम्प काण्डमा साहलाई २०७२ मा तत्कालीन महानगरीय अपराध महाशाखाले पक्राउ समेत गरेको थियो । गुणस्तर तथा नापतौल विभागको महानिर्देशक रहँदा साहले चिप्स जोडेर पेट्रोल पम्पहरुले ठगी गर्दै आए पनि पम्प सञ्चालकसँग मिलेर मासिक रुपमा रकम उठाएको आरोप थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर