नेपाल स्काउटले पटकपटक मेरो चरित्र हत्या गर्‍याे : सांसद दीपक खड्का

नेपाली कांग्रेसका संखुवासभा जिल्लाबाट नवनिर्वाचित सांसद दीपक खड्काले नेपाल स्काउटले पटकपटक आफ्नो चरित्रहत्या गरेको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद खड्काले खड्का ल्याण्ड डेभलपमेण्ट प्रा.लि.सँग आफ्नो कुनै सम्बन्ध नहुँदा समेत नेपाल स्काउटका तदर्थ समितिका अध्यक्ष लोकबहादुर भण्डारी पटकपटक चरित्रहत्या गरिको भन्दै कानूनी उपचारको लागि अदालतमा मानहानीको मुद्दा हाल्ने बताएका हुन् ।

उनले नेपाल स्काउटले खड्का ल्याण्ड डेभलपमेण्ट प्रा.लि.सँग स्काउटको जग्गा भाडामा सम्झौता सकिँदा समेत सांसद दीपक खड्काले प्रहरी लगाएर हस्तक्षप गरेको भन्ने आरोपको खण्डन गरे । उनले खड्का ल्याण्ड प्रा.लि कानूनी रुपमा वैधानिक तरिकाले सम्झौता भए बमोजिम भाडा बापतको रकम दिएर व्यवसाय सञ्चालन गरिरहेको बताए । उनले स्काउटका अध्यक्ष भण्डारीले संस्थालाई आँच आउने र आफ्नो चरित्रहत्या गर्ने काम भएको दाबी गरे ।

सांसद खड्काले नेपाल स्काउट तदर्थ समितिका अध्यक्ष लोकबहादुर भण्डारी पूर्वप्रधानमन्त्रीको नजिक, राष्ट्रिपतको नातेदार हौँ भन्दै मान्छे तर्साउने धम्काउने गरेको भन्दै नेपाल स्काउटका मान्छे नभएर विचौलिया भएको आरोप लगाए । उनले भण्डारीले स्काउटलाई तहसनहस गर्दै राजनीतिक भर्ती गर्ने, गैरकानूनी कामहरु गर्ने र स्काउटको करोडौं रकम हिनामिना गरेकाले आफूहरुले भण्डारीविरुद्ध छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालय र अख्तियारमा निवेदन दिएको बताए ।

उनले भण्डारीले स्काउटको सम्पत्तिको कसरी सदुपयोग तथा दुरुपयोग भए,नभएको मतलव नगरी आर्थिक लाभ लिनेगरी केही व्यापारीहरुसँग मिलेर स्काउटलाई कब्जा गर्न खोजेको आरोप लगाए । उनले राजनीतिक जीवन सिध्याउनका लागि संखुवासभा निर्वाचन क्षेत्रमा पुगेर स्काउटका अध्यक्ष भण्डारी पुगेर खर्च गरेर निर्वाचन हराउन प्रयाससमेत गरेको दाबी गरे ।

सांसद खड्काले स्काउट जस्ता संस्था जोगाउँदै संरक्षण गर्नुपर्छ भन्ने आफ्नो उद्देश्य रहेको बताए । उनले स्काउटले खड्का ल्याण्ड प्रा.लि. र आफ्नो अपमान भएको भन्दै अपमानजनक कार्य रोक्न सरकारसँग माग गरे ।

त्यस्तै खड्का ल्याण्ड डेभलपमेन्ट प्रा.लि.का सञ्चालक सेवक पोखरेलले नेपाल स्काउटले लगाएका आरोपहरु सबै झुटो रहेको बताए । उनले संस्थाले स्काउट जस्तो समाजिक संस्थाप्रति उत्तरदायी भएर सम्झौताअनुसार भुक्तानी समेत नियमित रुपमा तिर्दै आएको बताए ।

उनले स्काउटको वर्तमान समिति आए पश्चात सम्झौता अनुसार काम गर्न नदिई पटक–पटक पूर्वसञ्चालक र संस्थाप्रति षड्यन्त्र गरिरहेको बताए । उनले स्काउटका अध्यक्ष र निर्देशकले संस्थासँग रकम असुलि गर्न खोज्दा खड्का ल्याण्डले इन्कार गरेकाले स्काउटको प्रयोग गरी विभिन्न अरोप लगाएको बताए ।

प्रा.लि.ले स्काउटको जग्गा भाडासम्बन्धि मुद्दा सर्वाेच्च अदालतमा विचाराधिन रहेको जानकारी दिएको छ । प्रालीले स्काउटले सवोच्चमा विचाराधिन रहेको मुद्दालाई प्रभावित पर्ने गरी अर्नगल प्रचारवाजी गरेको आरोप लगाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *