आज कति छ सुनचाँदीको मूल्य ?

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला दुई सयले बढेर एक लाख पाँच सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार आठ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १० रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

किन हुन्छ सुनचाँदीको मूल्य घटबढ ?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटबढ हुनुमा अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने उतारचढाव प्रमुख कारण रहेको बताउँछन् ।

‘सुनचाँदीको अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्य र डलरमा हुने घटबढका आधारमा नेपाली बजारमा सुनचाँदीको मूल्य तोकिने गरेको छ,’ अध्यक्ष शाक्यले भने ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार सात सय ९७ दशमलव ३५ डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर