
सेनाका पूर्वरथी बलदेवराज महत मृत भेटिए

नेपाली सेनाका पूर्वरथी बलदेवराज महत मृत भेटिएका छन्। उनी शनिबार बिहान बूढानीलकण्ठ नगरपालिका–९ सिरडी कोलोनीस्थित आफ्नै घरमा मृत भेटिएको सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले पुष्टि गरे।
उनको मृत्युको कारण खुलिसकेको छैन। अहिले उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको र पोष्टमार्टम रिपार्टपछि थप कुरा खुल्ने सहायक रथी सिलवालले बताए।
६२ वर्षीय महतले ५ वर्षअघि नेपाली सेनाबाट अवकाश पाएका थिए।
प्रतिक्रिया