
उपन्यासकार मालिका केशरीको ‘दुङाल’लाई उत्कृष्ट साहित्य पुरस्कार


आभाष साहित्य कोषले २०७८ सालको उत्कृष्ट साहित्य पुरस्कार मालिका केशरी उपनामले परिचित उपन्यासकार प्रकाशकुमार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।
तिब्बती शरणार्थीको अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास ‘दुङाल’ का लागि उक्त पुरस्कार प्रदान गरिएको कोषका संयोजक उत्तम बस्नेतद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । दुई लाख रुपैयाँ नगद, सम्मानपत्रसहितको सो पुरस्कार आगामी पुस १ गते राजधानीमा आयोजना गरिने विशेष समारोहमा प्रदान गरिने कोषले जनाएको छ ।
केशरीका यसअघि कविता सङ्ग्रह ‘मिरमिरे’ (२०५८), ‘पुरुत्थान’ उपन्यास (२०७२) तथा ‘सुवर्णलता’ (२०७४) प्रकाशन भइसकेका छन् । उनको अर्को उपन्यास पनि प्रकाशनको तयारीमा छ ।
प्रतिक्रिया