
पेलेलाई छिटो निको हुन नेयमारको कामना


ब्राजिलका विख्यात फरवार्ड नेयमार डा सिल्भा सन्टोस जुनियरले यहाँ जारी अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्वकप फुटबल प्रतियोगितामा प्रतिद्वन्द्वी दक्षिण कोरियालाई ४–१ गोलले पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेपछि फुटबलका महान् खेलाडी पेलेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
ब्राजिलका लागि तीन पटक विश्वकप जितेका पेले श्वासप्रश्वासको सङ्क्रमणबाट मुक्त भएपनि अर्बुद रोगको उपचारका क्रममा हाल अस्पतालमा छन् । सोमबार साँझको खेल सकिएपछि ब्राजिलका खेलाडीले ८२ वर्षीय वृद्ध पेलेको तस्बिरसहितको ब्यानर बोकेर फोटो पत्रकारलाई पोज दिएका थिए । फोटो खिचाउँदै नेयमारले भने, ‘पेलेलाई के भइरहेको छ, भन्न कठिन छ, हामी उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ, हामीलाई विश्वास छ हाम्रो यो विजयबाट उहाँलाई सहज महसुस हुनेछ ।’
साथै खेलाडी नेयमारले आफूलाई गोलीगाँठाको समस्या नभएको, आफ्नो उपचारमा संलग्न चिकित्सकहरूप्रति आभार व्यक्त गर्दै अर्को प्रतियोगिताका निम्ति आफू तत्पर रहेको बताए । आफ्ना ब्राजिली तथा अन्य प्रशंसकहरूलाई आश्वस्त पार्दै उनले खेलमा अझ सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । ब्राजिलको जितसँगै उनका प्रशंसक एवम् समर्थकले ब्राजिललाई बधाई दिँदै हर्षोल्लासका साथ अद्भूत उत्सव मनाएका थिए ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया