
आमनिर्वाचन-२०७९
दोलखाबाट प्रतिनिधि सभामा माओवादीका गंगा कार्की निर्वाचित

दोलखाबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र)का गंगा कार्की निर्वाचित भएका छन्। ३६ हजार सात सय ९९ मत प्राप्त गरी उनी निर्वाचित भएका हुन्।
उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले ३६ हजार चार सय ८२ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए। उनीहरूबीचको मतान्तर ३१७ रहेको छ।
दोलखा प्रदेश सभा–१ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेश सभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन्।
जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए। कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए। कुल मत ८५ हजार तीन सय ८८ खसेको थियोे।
प्रतिक्रिया