निर्वाचनको परिणाम सुखद आएन, दलहरु सच्चिनुपर्छ : राष्ट्रियसभा अध्यक्ष तिमल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम सुखद नरहेको टिप्पणी गरेका छन् । दलहरुमाथि नै प्रश्न उठ्ने गरी निर्वाचनको परिणाम आउनु मुलुकको लागि हितकर नभएको उनको भनाइ थियो ।
शनिबार ललितपुरमा आयोजित ‘जापान ः विगत, वर्तमान र भविष्य’ विषयक एक दिने सेमिनारमा बोल्दै अध्यक्ष तिमिल्सिनाले ठूलो दलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउन दलहरु बलियो हुनुपर्ने उल्लेख गर्दै त्यस काममा लाग्न बौद्धिक समूदायलाई आग्रह समेत गरे ।
उनले सचेत समुदायले दलहरुलाई सच्याउन सकेमात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र जनताले समृद्धिको अनुभूति गर्न पाउने गरी विकास, निर्माणको कामले गति लिने पनि स्पष्ट पारे । अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरुलाई सच्चिन पनि पटकपटक ध्यानाकर्षण गराए ।
‘चुनाव सकिन लागेको छ । अब मत गणनाको अन्तिम अवस्थामा गएको छ । लोकतन्त्रमा रोज्न पाउने हो स्वतन्त्र व्यक्ति वा विभिन्न पार्टीहरु पनि । तर जे खालको संकेतहरु आएको छ । त्यो संकेत सुखद छ त ? कुनै एउटा पार्टी पक्षधरताको कुरा नगरीकन पार्टीप्रतिको असन्तुष्टि त्यो एमालेको, कांग्रेसको, माओवादीको वा अर्को, अर्कोको कुरा होइन । पार्टी होइन स्वतन्त्र । स्वतन्त्र पनि पार्टी भएको छ एउटा । तर, त्यो पार्टी भन्दा पनि स्वतन्त्र भन्ने शब्दका कारण जनमत गएको कि ? स्वतन्त्र हुँदै नहुने भन्ने होइन । विचारमा त्यो पनि हुन्छ । तर बहुदलीय परिपाटी हामीले संघर्ष गरेर यत्रो बलिदानीका साथ ल्याएको यो संघीय लोकतान्त्रिक गणतन्त्रमा बहुदलीयतामाथि नै प्रश्न उठ्ने कुरा किन भइराखेको छ । अब सोच्ने बेला आएको छ,’ उनले भने ।
‘हरेक दलभित्र सोच्नुपर्ने बेला भएको छ । अनि हामीहरु रसातलतिर जाने अनि अरुले राम्रो गरेको छ भनेर कसो होला र । त्यसकारण यहाँहरुजस्तो बौद्धिक व्यक्तित्वहरु, जो देशको हर क्षेत्रमा हुनुहुन्छ । त्यो क्षेत्रबाट देशलाई कसरी अगाडि लैजाने भन्ने बारे सोच्नु पर्दछ । विभिन्न क्षेत्रमा रहेका संस्थाहरुले, व्यक्तिहरुले दलहरुलाई सुशासन, भ्रष्टाचार नियन्त्रण, चुहावट रोक्नका लागि के गर्नु प¥यो ? एउटा सामान्य काम लिएर गएका नागरिकले दुःख पाउने ? धेरै ठूलो माग भएर पनि मानिसको दलहरुप्रति असन्तुष्टि छैन । सानोसानो कुरा पनि किन डेलिभरी भइरहेको छैन ? मैले भन्यो भने पनि बायस हुन्छ । दलहरुलाई अव तिमीहरुको सिंगो दलको भविष्यप्रति पनि घण्टी बजेको भन्नुप¥यो नि । त्यस हिसावले भन्ने गरी तपाईहरु विना आग्रह पार्टीमा लाग्नुपर्छ तपाईहरु जस्तो सचेत व्यक्तिहरु । सचेत व्यक्तिहरुको दवावले नै नेताहरु, पार्टीहरुमा करेक्सन हुने हो । त्यसरी मात्रै हाम्रो संघीयता, लोकतन्त्र, गणतन्त्र बलियो हुन्छ,’ तिमल्सिनाले भने ।
अध्यक्ष तिमिल्सिनाले जापानले विकासको क्षेत्रमा चमत्कार देखाएको उल्लेख गर्दै त्यसबाट सिकेर नेपाल पनि अघि बढ्न ढिलाइ गर्न नहुने बताए । त्यस अवसरमा उनले जापानले नेपालको विकासमा पु¥याउँदै आएको सहयोगको खुलेर प्रशंसा समेत गरे ।
प्रतिक्रिया