समानुपातिकतर्फ १ कराेड २४ हजार मत गन्दा एमाले २७ लाख नजिक, अन्य दलको कति?

प्रतिनिधि सभाको समानुपातिकतर्फ १ करोड २४ हजार ३०५ मत गनेर सकिएकाे छ जसमा नेकपा एमालेले अग्रता कायमै राखेको छ।

एमाले २६ लाख ९९ हजार २५७ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ५६ हजार २४७ मत प्राप्त गरेको छ। त्यसैगरी नेकपा माओवादी केन्द्र११ लाख ४२ हजार ७५२ मतका साथ तेस्रो स्थानमा रहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १४६ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार ६८३ मत पाएको छ।

जनता समाजवादी पार्टी, नेपालले ३ लाख ९५ हजार ३०३ मत र जनमत पार्टीले ३ लाख ५८ हजार ८८३ मत प्राप्त गरेका छन्।

यस्तै नेकपा एकीकृत समाजवादी २ लाख ८२ हजार ४८६ मतका साथ राष्ट्रिय दल बन्न संघर्ष गरिरहेको छ।

नागरिक उन्मुक्ति पार्टीले २ लाख ४४ हजार ३५२ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ४८ हजार ७६३ मत प्राप्त गर्दा अन्य दलले एक लाख मत कटाउन सकेका छैनन्।

यो निर्वाचनमा जम्मा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए । त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनमा प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ।

प्रतिनिधि सभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ कम्तीमा तीन लाख हाराहारी मत प्राप्त गर्ने दलले मात्रै यस निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *