
राप्रपाका विक्रम पाण्डे विजयी


चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी भएका छन् ।
शुक्रबार राति सम्पन्न मतगणनामा पाण्डे नौ हजार दुई सय ३३ मतान्तरका साथ विजयी भएका हुन् । पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार डा भोजराज अधिकारीले २५ हजार आठ सय २२ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले १४ हजार आठ सय ४२ मत प्राप्त गरिन् । स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १२ हजार दुई सय ७५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा ९४ हजार दुई सय ८० मत खसेको थियो ।
यस्तै चितवन क्षेत्र नम्बर ३ प्रदेश २ मा नेकपा माओवादीका ठाकुर ढकाल विजयी भए । उनी १५ हजार चार सय ६१ मतका साथ विजयी भए भने उनका प्रतिस्पर्धी राप्रपाकी रीना गुरुङले १४ हजार छ सय १५ मत प्राप्त गरिन् ।
नेकपा (एमाले) की सरस्वती विष्टले १० हजार एक सय २४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशअन्तर्गतको यस क्षेत्रमा ४४ हजार ६८ मत खसेको थियो ।
प्रतिक्रिया