
चित्रलेखालाई हराउँदै सिरहा–२ मा राजकिशोर यादव विजयी


जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित भएका छन् । यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार राजकिशोरले २४ हजार १७८ मत प्राप्त गरे । त्यसैगरी चित्रलेखाले २३ हजार २८ मत पाएकी छन् । उनीहरू बीचमा एक हजार एक सय ५० मतान्तर रहेको छ ।
त्यसैगरी जनमत पार्टीका उम्मेदवार विनोदकुमार यादव १६ हजार नौ सय दुई मत प्राप्त गरी तेस्रो भए । सिरहा निर्वाचन क्षेत्र नं–२ मा प्रतिनिधिसभा सदस्यको निम्ति २४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।
प्रतिक्रिया