
रुपन्देही–२ मा एमालेका विष्णु पौडेल विजयी


फाइल तस्बिर।
रुपन्देही–२ को प्रतिनिधिसभातर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल विजयी भएका छन् ।
एमाले उपाध्यक्ष पौडेलले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई १३ सय ६६ मतले पराजित गरेका हुन् । अन्तिम मत परीणामअनुसार एमाले उम्मेदवार पौडेलले २७ हजार एक सय ४८ मत प्राप्त गरे भने स्वतन्त्र पार्टीका उम्मेदवार पौडलले २५ हजार सात सय ८२ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत उद्विर नेपालीले जानकारी दिए ।
सत्ता गठबन्धन दलको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशव सूर्यवंशीले २२ हजार १० मत प्राप्त गरेका छन् ।
एक लाख २६ हजार आठ सय सात मतदाता रहेको यस क्षेत्रमा ८० हजार छ सय ५१ मत खसेको थियो । बदर मत ३१ सय ९३ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया