प्रतिनिधि सभा समानुपातिकमा एमाले र कांग्रेसले कटाए १० लाख मत, अन्य कुन दलले कति पाए ?
नेकपा एमाले र नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ १० लाख मत कटाएका छन्।
निर्वाचन आयोगका अनुसार एमाले अहिलेसम्म प्रतिनिधि सभाअन्तर्गत समानुपातिकतर्फ ११ लाख २१ हजार २२१ मत पाएर पहिलाे स्थानमा छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १० लाख ६३ हजार ९५७ मत प्राप्त गरेको छ।
यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ५ लाख ३१ हजार ५२० मत प्राप्त गरेको छ। नेकपा माओवादी केन्द्र भने ४ लाख ८६ हजार ९१ मतसहित चौथो स्थानमा छ। पाँचौं स्थानमा रहेको राप्रपाले अहिलेसम्म २ लाख ८० हजार १०५ मत प्राप्त गरेको छ। जसपा नेपाल एक लाख ३१ हजार ८१० मतसहित छैटौं नम्बरमा छ।
एकीकृत समाजवादीले ८० हजार ३०२ ,नागरिक उन्मुक्ति पार्टीले ७९ हजार ७५२ , जनमत पार्टीले ८० हजार २३२, नेपाल मजदुर किसान पार्टीले ५७ हजार ७७०, लाेसपाले ५६ हजार २२१ मत ल्याएका छन्।
त्यसैगरी हाम्राे नेपाली पार्टीले ३३ हजार ४१९ र राष्ट्रिय जनमाेर्चाले ३० हजार ६२ मत पाएका छन्।
प्रतिक्रिया