
मोरङ ४ बाट माओवादीका मोदी निर्वाचित


मोरङ ४ बाट प्रतिनिधिसभामा नेकपा (माओवादी) का अमनलाल मोदी ३० हजार छ सय १२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विनोद ढकालले २४ हजार चार सय ६३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी गत आइबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ ४ (२) बाट नेपाली कांग्रेसका भीम पराजुली ११ हजार चार सय ७९ मत प्राप्त गरी विजयी भए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का जीवन घिमिरेले नौ हजार छ सय ९१ मत प्राप्त गरेको निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया