
बागमतीका मुख्यमन्त्री पाण्डे धादिङ १ बाट निर्वाचित


बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीभन्दा ७ हजार ९८१ मतान्तरले पाण्डे विजयी भएका हुन् । उनले ३५ हजार ९३४ मत प्राप्त गर्दा त्रिपाठीले २७ हजार ९५३ मत ल्याए ।
तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले १२ हजार ४७५ मत पाए भने मंगोल नेसनल अर्गनाइजेसनका सुमन तामाङ ८८२ मत प्राप्त गरे ।
धादिङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी निर्वाचित भएका छन् ।
प्रतिक्रिया