
आमनिर्वाचन-२०७९
डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढाको ‘ह्याट्रिक’ जित


डोल्पाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवार गणेशबहादुर शाहीलाई पराजित गर्दै बुढा निर्वाचित भएका हुन्।
बुढाले ११ हजार २२५ मत ल्याएर निर्वाचित हुँदा शाहीले ५ हजार ४९८ मत पाए।
तेस्रो स्थानमा रहेका राप्रपाका अंगतकुमार बुढाले ६६१ मत पाए। डोल्पाबाट बुढाको यो तेस्रो जित हो। उनी यसअघि २०७० सालको दोस्रो संविधान सभा निर्वाचन र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि डोल्पाबाटै विजयी भएका थिए।
प्रतिक्रिया