
आमनिर्वाचन-२०७९
ललितपुर ३ मा तोसिमा कार्की फराकिलाे मतान्तरले विजयी

ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की फराकिलाे मतान्तरले विजयी भएकी छन्।
निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्कालाई दोब्बर बढी मतले पछि पार्दै कार्की विजयी भएकी हुन्।
बिहीबार बिहान सार्वजनिक अन्तिम मतपरिणामअनुसार कार्कीले ३१ हजार १३६ मत पाइन्। निकटतम प्रतिस्पर्धी एमालेका खड्काले १२ हजार ९६३ मत पाए।
बहालवाला ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले भने ८ हजार ७६९ मत मात्र पाइन्।
भुसाल २०७४ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएकी थिइन्।
प्रतिक्रिया