टफिचु तड्का लिची बजारमा
नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल प्रा. लि. ले आफ्नो कन्फेक्सनरी ब्राण्ड ‘टफिचु’अन्तर्गत नयाँ तड्का लिची ‘टेष्टको नयाँ ट्विष्ट’ नारासहित बजारमा सार्वजनिक गरेको छ। तड्का लिचीमा लिचीको मीठो स्वादका साथै चाट मसलाको उत्कृष्ट सम्मिश्रण रहेको छ।
तड्का लिचीको बिक्री मूल्य प्रतिगोटा २ रुपैयाँ ५० पैसा कायम गरिएको छ। यसको नौलो स्वादले ग्राहकहरूको मन जित्न सफल हुने कम्पनीको विश्वास छ।
टफिचु तड्का आँप र भुइँकटहरको स्वादमा उपलब्ध हुँदै आएको छ र लिचीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ। टफिचु तड्का लिची नेपालभरिका रिटेल पसलहरूमा उपलब्ध हुनेछन्।
टफिचुका विभिन्न उत्पादनहरूले ग्राहकहरूको मन जित्न सफल भइरहेका छन्। हाल टफिचुअन्तर्गत फ्रुटी फन, फ्रुटी डिलाइट, डुज, क्रिम ल्याक्टो, तड्का (आँप तथा भुइँकटहर), चटपटा फन तथा कफिटिनो बजारमा उपलब्ध छन्।
प्रतिक्रिया