
आमनिर्वाचन-२०७९
झापा ५ मा एमाले अध्यक्ष ओली विजयी

झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन्।
निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५१ हजार छ सय १९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार दुई सय ३१ मत ल्याएका छन्।
अध्यक्ष ओली योसँगै छ पटक विजयी बनेका छन्। यसअघि उनी विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट विजयी भइसकेका हुन्।
प्रतिक्रिया