गुल्मी २ मा पूर्वसहकर्मी रामकुमारी झाँक्रीलाई हराउँदै गोकर्ण विष्ट विजयी

गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण विष्ट विजयी भएका छन्।

एकीकृत समाजवादीकी रामकुमारी झाक्री २ हजार बढी मतले पराजित गर्दै विष्ट विजयी भएका हुन्।

विष्टले २ हजार ३५ मतले झाँक्रीलाई पराजित गरेका हुन्।

मतपरिणामअनुसार विष्टले २८ हजार ४ सय ७६ मत ल्याउँदा झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरिन्।

विष्ट गुल्मी २ बाट लगातार तेस्रोपटक विजयी भएका हुन्।

यसअघिको निर्वाचनमा यो क्षेत्रमा एमालेका विष्ट विजयी हुँदा झाँक्री पनि एउटै पार्टीमा थिइन्।

नेकपा फुटका कारण एमाले पनि टुक्रिएपछि झाक्री माधवकुमार नेपालले गठन गरेको एकीकृत समाजवादीमा गएकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर