आमनिर्वाचन-२०७९
सप्तरी २ मा सीके राउत उपेन्द्र यादवभन्दा दोब्बर बढी मतले अगाडि
६ मंसिर २०७९ १२:३३
सप्तरीको प्रतिनिधि सभा क्षेत्र नं २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत जसपाका अध्यक्ष उपेन्द्र यादवसँग दोब्बरभन्दा बढी मतले अग्रता कायम गरिरहेका छन्।
पछिल्लो मतपरिणामअनुसार जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष यादवभन्दा दोब्बर बढी मतले राउत अगाडि रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणनामा उम्मेदवार राउतले १३ हजार सात सय ५९ मत प्राप्त गर्दा यादवले भने ६ हजार नौ सय ५१ मत प्राप्त गरेका छन्। राउतको छ हजार आठ सय आठ मत बढी छ ।
तेस्रो स्थानमा रहेका सत्तारूढ गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले भने दुई हजार आठ सय ५७ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया