
काठमाडौं ४ मा कांग्रेस महामन्त्री थापा विजयी

काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा विजयी भएका छन्।
एमालेका उम्मेदवार डा. राजन भट्टराईलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्। औपचारिक घोषणा भने हुन बाँकी छ। यो थापाको ह्याट्रिक जितसमेत हो।
भट्टराईलाई थापाले ७,४४७ मतान्तरले पराजित गरे। थापाले २१,३०२ मत पाउँदा उनका निकटम प्रतिस्पर्धी भट्टराईले १३८५५ मत ल्याए।
०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए। त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए। तर, ३२ सय मतान्तरले थापाले जितेका थिए । यसपटक थापाले अघिल्लो पटकभन्दा दोब्बर मतान्तरले भट्टराईलाई पराजित गरेका हुन्।
०७० मा पनि थापाले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए। ०६४ मा थापा समानुपातिक सांसद थिए।
३१ वर्षे उमेरमै समानुपातिक सांसद रहेका थापा लगत्तै कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए। अहिले उनी कांग्रेस महामन्त्री छन्।
प्रतिक्रिया