
सप्तरी २ मा सीके राउतको अग्रता कायमै, दोस्रोमा आए उपेन्द्र यादव

निकै चासोका साथ हेरिएको सप्तरी क्षेत्र नं. २ को निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सीके राउत फराकिलो मतान्तरसहित अग्र स्थानमा कायमै छन्।
प्रारम्भिक मतगणमा तेस्रो स्थानमा पुगेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव दोस्रो स्थानमा आइपुगेका छन्।
राउतले १ हजार २० मत ल्याउँदा एमालेसँग तालमेल गरेका यादवले ४ सय ५२ मत ल्याएका छन्।
यस्तै सत्ता गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयपप्रकाश ठाकुरले ३ सय ८ मत ल्याएका छन्।
प्रतिक्रिया