
आमनिर्वाचन-२०७९
सप्तरी २ मा सीके राउतलाई सुरुवाती अग्रता, फराकिलो अन्तरसहित उपेन्द्र यादव तेस्रो स्थानमा

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्षसमेत रहेका चन्द्रकान्त (सीके) राउतले सुरुवाती अग्रता लिएका छन्।
निकै चासोका साथ हेरिएको यस क्षेत्रको निर्वाचनको प्रारम्भिक मतपरिणामअनुसार राउत ६२९ मतसहित पहिलो स्थानमा छन्। एमालेसँग तालमेल गरेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने तेस्रो स्थानमा खुम्चिएका छन्। उनले ५९ मत मात्र प्राप्त गरेका छन्।
दोस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले १६९ मत ल्याएका छन्।
प्रतिक्रिया