
बाजुरामा मतपेटिकामा आगजनी

बाजुरामा मतपेटिकामा आगजनी भएको छ। स्वामीकार्तिक खापर गाउँपालिका-१ स्थित भगवती आधारभूत विद्यालयको ’क’ केन्द्रमा रहेको एक मतपेटिकामा आगजनी भएको हो।
आज भइरहेको प्रदेश सभा समानुपातिक तर्फको मतदानका क्रममा केहीबेर अगाडि मतपेटिकामा आगलागी भएपछि केहीबेर मतदान रोकिएको थियो।
मतपेटिकामा आगो लागेपछि पानीले निभाइएको छ। कसरी आगो लाग्यो भन्ने खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ।
प्रतिक्रिया