
आमनिर्वाचन-२०७९
सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिन चार पार्टी प्रमुखको आह्वान

सत्ता गठबन्धनमा रहेका चार दलका प्रमुखहरूले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका छन्।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार संयुक्त अपिल जारी गर्दै सो आग्रह गरेका हुन्।
उनीहरूले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न अपिल गरेका छन्।
उनीहरू नेपाली कांग्रेसको तेनृत्वमा रहेका वाम–लोकतान्त्रिक गठबन्धनका पक्षमा देशभर जनलहर आएको र कार्यकर्ताहरू उत्साहित रहेको भन्दै गठबन्धनको जित सुनिश्चित रहेको समेत दाबी गरेका छन्।
प्रतिक्रिया