एमाले अध्यक्ष ओलीले दिए सत्ता गठबन्धनलाई ‘पत्रु गठबन्धन’को संज्ञा

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टालटुल गरी दल बटुलेर बनाइएको गटबन्धन मुलुकका लागि घातक भएको बताएका छन्।

सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ को चुनावी सभालाई सम्बोधन गर्दै बुधवार अध्यक्ष ओलीले गठबन्धन दललाई पत्रु गठबन्धनको संज्ञा दिए। उनले तत्कालीन गठबन्धनले देशलाई विकास र समृद्ध बनाउन नसक्ने दाबी गरे।

उनले तत्कालीन गठबन्धन देश बनाउनका लागि नभइ सरकार कब्जा गर्ने र देश लुटेर खाने गठबन्धन भएको बताए। अध्यक्ष ओलीले देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आसन्न निर्वाचनमा नेकपा एमालेलाई जिताउन आवश्यक भएको बताए।

उनले गठबन्धनले १५/२० वर्षसम्म गठबन्धन रहन्छ भनेर दाबी गरेपनि गठबन्धन १५ वर्ष रहन्छ भन्नेलाई आसन्न निर्वाचनमा मतदाताले जवाफ दिने बताए। टुक्रेहरुलाई भोट दिएमा देशमा सुशासन कायम नहुने बताए।

अध्यक्ष ओलीले (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले घरमा आगो लगाएर नेपाली कांग्रेसको पालीमा वास बस्न पुगेको बताए।

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा एमालेले जगदीश कुसियैतलाई उम्मेदवार बनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर