
व्यक्तिको आचरण परिवर्तन नभएसम्म जुनसुकै शासकीय स्वरूप असफल हुन्छ : ओली


नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान शासकीय स्वरुपबाट मुलुकको विकास र समृद्धि कायम गर्न सकिने बताएका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले यही शासकीय स्वरूपले दिएको प्रणालीलाई सफल कार्यान्वयन गरेमा जनतामा समृद्धि ल्याउन सकिने प्रष्ट पारे।
अहिले भइरहेको प्रणालीभन्दा कार्यान्वयन गर्ने व्यवहारमा कमजोरी रहेको छ भन्दै अध्यक्ष ओलीले व्यक्तिमा रहेको आचरण र व्यवहारलाई परिवर्तन नगरेसम्म जुनसुकै शासकीय स्वरूप पनि असफल हुने प्रष्ट पारे। “शासकीय स्वरूप परिवर्तनमा अहिले हतारिने बेला होइन, सल्लाह र समझदारीमा समाधान गर्न सकिन्छ”, उनले भने।
प्रतिक्रिया